रौतहट, १५ पौष । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ७ र वड़ा नम्बर ८ मा ३५ जना अशक्त अपांगहरुलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको छ ।
महिला तथा बाल बालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश कार्य समिति ले चिसोमा प्रभावित हुने अशक्त अपांगहरुलाई चिसो छलनको लागि सहयोग पुग्ने उदेश्यले कपासको सिरक वितरण गरेको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश अध्यक्ष पूजा पाठक तिमिल्सिनाले चन्द्रपुर वड़ा नम्बर ७ मा १९ जना र वड़ा नम्बर ८ मा १६ जना २ बर्ष देखि १०६ बर्ष सम्मको अशक्त अपांगलाइ सिरक वितरण गरिएको बताएकी छीन ।
उहाले विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण बाल बालिका , बृद्ध बृद्धा अपांगहरु बढ़ी प्रभावित भएको देखेर सहयोग गरेको बताए । सस्थाबाट वड़ा नम्बर १ माँ २५ र वड़ा नम्बर ५ माँ २० जना गरी ४५ जनालाई शुक्रवार सिरक वितरण गर्ने प्रदेश अध्यक्ष तिमिल्सिनाले जनकारी गराए ।
चिसोको मौषममा बाल बालिका , बढ़ी उमेर भएका बृद्ध महिला पुरुष बढ़ी प्रभावित हुने जोखिम भएकोले स्थानीय तह का प्रमुख तथा निर्वाचित जनप्रतिनिधिहरुले यस तरफ बढ़ी ध्यान केंद्रित गर्नु पर्ने जोड़ दिए ।
महिलाहरुको न्यायको लागि आवाज उठाउदै आएका मेची महाकाली बुहारी संयुक्त आवाज संस्थाले सके सम्म प्रभावित व्यक्ति र परिवारलाई न्यानो कपड़ा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका हुन ।
सिरक पाए पछि अपांग भएका व्यक्तिहरुले सस्था प्रति आभार व्यक्त समेत गरेका छन । सिरक वितरण कार्यक्रममा वड़ा नंबर ७ का वड़ा अध्यक्ष बिष्णु उप्रेती , वड़ा नम्बर ८ का वड़ा अध्यक्ष जीतेन्द्र चौधरी , मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटका लेखपाल विमला गौतम , कोषाध्यक्ष जसूमाया वाइवा , सदस्य सुधा जायसवाल , चुन माया दहाल ,सुनीता पुलामी , डम्मर कुमारी मगर सहितको उपस्थति रहेको आयोजक सस्थाले जनाएको छ ।















