शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २० गते ।  पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ ।

घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुभकामना

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन् ।

खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । गएराति साढे १ बजेतिर लागेको आगो बिहान ४ बजेतिर नियन्त्रणमा आएको हो।

२०७९ पुष २०, बुधबार ०४:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय