काठमाडौँ, पुस २७ गते । खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीलाई लात्ती प्रहार गर्दा मृत्यु भएको छ ।
भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दीमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तीले हानेर हत्या गरेका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

खाना समयमा नपकाएको निहुँमा झै–झगडा हुँदा श्रीमानले लात्तीले श्रीमतीको पेटमा हान्दा प्रमिलाको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
लात्ती हान्ने श्रीमान् प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















