सप्तरी ,माघ ६ गते । सप्तरीमा मोटरसाईकल आफै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गएराति सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेरा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रदेश २–०१–००२ प ५०५२ नम्बर मोटरसाईकल दुर्घटना हुँदा बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर टोल बस्ने ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मोटरसाईकल आफै दुर्घटना हुँदा लडेको अवस्थामा यादवलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















