शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

 फोकस नेपाल , माघ ७ गते । अवैध सालको काठसहित महोत्तरी प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

बर्दिबास नगरपालिका–१४ को भित्री सडकवाट ट्रयाक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्ष्क रवि रावलले बताएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासवाट खटिएको प्रहरीले प्रदेश २–०३–००१ त १११३ नम्बरको ट्रयाक्टरमा ४ (चार) वटा साल जातको काठको गोलिया लोड गरेको काठ सहित उक्त ट्रयाक्टर र चालकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रावलले बताए ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१४ का २३ वर्षिय विशाल मगर रहेका छन् । बरामद भएको अबैध सालको काठ, ट्रयाक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय गढण्ता गौशालाचोक महोत्तरीमा पठाइएको प्रनाउ रावले बताए ।

२०७९ माघ ७, शनिबार ०३:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय