शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता  । बाराको महागढीमाई नगरपालिका- ७ बरियारपुर चोकमा हिजो बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।

शुभकामना

मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।

२०७९ आश्विन २४, सोमबार ०७:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय