शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं , माघ ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा नीतिगत भ्रष्टाचार नहुने दाबी गरेका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफ्नो कार्यकालमा कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने बताएका हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘यसभन्दा अगाडीका उपकरण खरिद टेन्टर प्रक्रिया वा अनेक बिषयमा सेटिङ गरेर भ्रष्टाचार भएको गुनासो सुनिएको छ,’ मन्त्री गिरीले भने, ‘मेरो नेतृत्वमा रहँदा सेटिङ मार्फत नीतिगत भ्रष्टाचार भएको गुञ्जायस हुन दिइने छैन ।’

मन्त्री गिरीले जनताको स्वास्थ्यको संवेदनशील जस्तो विषयमा पारदर्शिता साथ काम गर्ने प्रतिबद्धता समेत जनाए । ‘जनताको रगत पसिना थोपा-थोपा मिसाएर आएको राजश्वलाई काहीँकतैबाट भ्रष्टाचार वा दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउँछु,’ उनले अगाडी थपे ।त्यसैगरी, स्वास्थ्य बिमाको कार्यक्रममा भएको समस्याको बारेमा अध्ययन गरिरहेको उनको भनाई छ ।

‘बिमाको दायारामा व्यापक फराकिलो बनाउनुपर्ने देखिन्छ । गरिब जनता स्वास्थ्य सेवा नै नपाएर मर्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन र सर्वसुलभ गर्नका लागि बिमाको विकल्प छैन,’ मन्त्री गिरीले प्रतिबद्धता जनाए, ‘ स्वास्थ्य बिमामा रहेको समस्या अध्ययन गरेर प्रभावकारी ढंगले अगाडी बढाउछौं ।’

त्यसैगरी, हाल ३९६ वटा अस्पतालहरू बन्ने क्रममा रहेको बताउँदै स्वास्थ्य पूर्वाधारको विकास गर्ने प्रतिबद्धता पनि जनाए ।

२०७९ माघ ९, सोमबार १२:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय