फोक्स नेपाल ,संवाददाता । सहकर्मी महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगाना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार ढुंगानालाई शनिबार पक्राउ गरिएको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि राति जबरजस्ती करणी उद्योग गरेको खबर पाएपछि उनलाई जिल्ला झिकाइएको थियो।
जाहेरी परेपछि काठमाडौंमा रहेका ढुंगानालाई धादिङ झिकाएर अनुसन्धान अघि बढाइएको डिएसपी खत्रीले जानकारी दिए।















