शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही ,माघ १८ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगन्जमा पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

आज दिउँसो रानीगन्जस्थित डाँडाटोलमा पानी बोकेर जाँदै गरेको प्रदेश २-०३-००१ च ३१२९ नम्बरको ट्यांकरले प्रदेश २ ००२प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँका मोटरसाइकल चालक २७ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ठक्करबाट गम्भीर घाइते भएका महतोको मोडल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

२०७९ माघ १८, बुधबार १४:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय