शिव मारुती ज्वेलर्स

फोकस नेपाल , सिरहा । सिराहाबाट गोरखाका लागी सरुवा भएका सिरहाका तत्कालिन प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी सिरहाको विवादित जग्गाको मुद्दा मिलाईदिन ठूलो रकम ‘वार्गेनिङ’ गरेको अडियो फेला परेको छ।

यहि विवादले सरुवा रोक्का भएका सिरहाका तत्कालिन सीडीओ कवाडीले जिल्लाकै मिर्चैयाका एक व्यक्तिसँग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेको हो।

शुभकामना

जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएके स्रोतले बताएको छ। जग्गा विवादको डील रकम धेरै भएपछि सेवा ग्राहि केहि समय रोकिएको अडियोमा सुन्न सकिन्छ ।

डील अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नाममका व्यक्तिखडा गरी नयाँ डिल सुरु भएको थियो। उनी सप्तरी राजविराजका निर्माण व्यसायी हुन भन्ने अपुष्ट जानकारी बताईएको छ । । उनले सेवाग्राहीसँग आफू अख्तियारको सचिव भएको सेवाग्राहिसँगको वार्तालापमा बताएका छन्।

सेवाग्राहिसँगको पटक पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो। सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको थियो। पछि सीडीयोले सुईको पाएपछि डिल स्थगित भएको स्रोतको दावी छ।

एक स्रोतका अनुसार सिडियो कबाडिले लहान स्थित रहेको एक होटलको रुम नम्बर १०३ मा नै आफ्नो सबै लेनिदेनि (डिल) गर्दै आएको थियो ।
पैसाको झोला सहित होटेलमा पुगेर पुस्पेन्द्रलाइ फोन गर्छन । त्यसपछि उनले म आउन सक्दिन होटलबालालार्इ फोन दिनुस होटल बाला लाइ भन्छन, मेरो कोठा नम्बर १०३ को  साँचो दिनुस । सेबाग्राहिलाइ होटलबालाले साँचो दिन्छ्न सेबाग्राहि फेरि भन्छन,

तपाई नआएपछि म पैसा नराख्ने शर्तमा निस्किन्छन ।
जमिनको मुद्दा मिलाउन सेवाग्राहि र सीडीयोसँग गरेको वार्तालाप:

सेवाग्राही– अहाँ जोरै भेट करैल आवैअछि सर। (तपाईसँग भेट्न आउँ भनेको सर)।
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आयल जाउ। (आज फूर्सद छैन तपाई भोली विहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें।

CDO– उ के आद्मी है हमरा कोनो समझमे नई आरहल है। सायद उपर से आईल है, आन्दाज यी आदमी हमरा ज्यादे पे्रसर करहल है। जगह जगह सः, टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छ; कहली हम।  (उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई सरै पे्रसर गरिरहेको छ। ठाउँ ठाउँ बाट र टंगालबाट पनि फोन आईरहेको छ। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ। मैले ‘कार्वही भईरहेछ, प्रक्रियामा छ; भनेको छु।’

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
(मलाई उनी (पुस्पेन्द्र)संग विशवास भईरहेको छैन। तपाई सँगै बार्गेनीङ्ग गर्न पाएहुन्थ्यो।)

सीडीयो–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ।
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि।
(यस्तो कुरो फोनमा नगरौं, भोली आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोली विहानै आउनु वसेरै कुरा गरौंला।)

पुस्पेन्द्र र सेवाग्राहिविच भएको कुराकानी

पुस्पेन्द्र:  म काठमाडौं मै छु। जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाइँहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ।

सेवाग्रही  : हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।

पुस्पेन्द्रः म मेल हेरेर भन्छु। यतिदिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरागरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ.।म जुनसुकै ठाउँमा पनि भेटौला। तपाइँकै घरमा पनि भेटौंला।

सेवाग्राही : मलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो ?
पुस्पेन्द्रः ६७ लाख जिल्ला र माथी सम्मलाई भो।

सेवाग्राही : अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहापाए। ‘सीडियोले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडियो नै हो भन्ने बुझ्छौं।

पुस्पेन्द्र : तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्लाछोडेर माथि जानु भयो। अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ।

सेवाग्राही : पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो कति दिने भन्ने हो।

पुस्पेन्द्र : हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ, दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला।

सेवाग्राही : हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोली आउँछु।

यो डिल करिव ६ महिना देखि भईरहेको स्रोतको दावी छ। यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ। उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् । ( अडियो सुरक्षित छ)

२०७९ माघ १९, बिहीबार ०७:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय