शिव मारुती ज्वेलर्स

पर्सा, माघ २० गते । पर्सा प्रहरीले स्रोत नखुलेको २० लाख रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका ४ बस्ने २७ वर्षीय श्याम किशोरप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शुभकामना

प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्तीचोकस्थित सडक खण्डमा चेकजाँच गर्नेक्रममा साहलाई रकमसहित पक्राउ गरेको हो।

प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्नेक्रममा उनको साथबाट २० लाख रकम र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

२०७९ माघ २०, शुक्रबार ११:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय