शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल,बिरगंज । भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगंज सिमानाका हुँदै भित्राउँदै गरेको ३ जना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नुवाकोट साविक गा.वि.स.शिखरवेसी वडा नं.७ बस्ने बर्ष ४५ की अनिता तामाङ्ग, साेही ठाउँ निवासी बर्ष ४४ की सरिता अग्रवाल र जिल्ला धादिङ्ग गाउँको नाम थाहा नभएकी बर्ष ३० की मन्जु तामाङ्गलाई पक्राउ गरेकाे हाे ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विशेष सूचनाको आधारमा मिति २०७९।०६।२२ गते बिहान अं.०९;३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौल देखि वीरगंज तर्फ आउँदै गरेका महिलाहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेकी अनिता तामाङ्ग र निजको साथमा आएकी मन्जु तामाङ्गले बोकी ल्याएको झोलाबाट स्रोत नखुलेको नगद भारतिय रु. २८ लाख ५६ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

दुबै जनाकाे शरिरको तलाशी लिदाँ निजहरु मध्येका अनिता तामाङ्गको साथबाट भारतिय रु दुई हजारको नोट थान–५५, रु.५ सयकाे नोट थान–५ हजार ३ सय ८० गरी जम्मा भारतिय रुपैया रु.२८ लाख र निजको साथमा आएकी मन्जु तामाङ्गको साथबाट भारतीय रु.५ सयको नोट ११२ थान गरी जम्मा भरतिय रु.५६ हजार फेला परेकाे उनले जानकारी दिए ।

निजहरूसंगै भारतबाट आएकी सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा सलंग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएकाे प्रहरीकाे भनाई छ ।

बरामद नगद रुपैया तथा पक्राउ परेका ३ नै जनालाई आवश्यक कारवाहीको लागि साेमबार राजस अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ले बताए ।

२०७९ आश्विन २५, मंगलवार ०२:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय