शिव मारुती ज्वेलर्स

जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको प्रदेश लोकसेवा आयोगले मात्र करारका कर्मचारी राख्न थालेपछि कार्यालय घेराउको तयारी गरिएको छ ।

लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले जागिरको लािग लोकसेवा आयोगले विज्ञापन खोल्नुपर्नेमा मात्र करारमा कर्मचारीहरु भर्ना गर्न लागेपछि आयोग घेराउको तयारी गरिएको हो ।

शुभकामना

प्राविधिक तर्फका विद्यार्थीहरुले आफ्नो जुनुनले लोकसेवा आयोगको परीक्षा लडन तयारी भएपनि लोक सेवा आयोग नै कम्पयुटर अपरेटर तर्फ करारमा कर्मचारी भर्ना गर्न थालेपछि आन्दोलनको चेतावनी पनि दिएको हो ।

केन्द्र लोकसेवा आयोगसहित अन्य ७ प्रदेशमध्ये ६ प्रदेशमा प्रदेश लोकसेवा आयोगले विज्ञापन खुलाएपनि मधेश प्रदेशको लोकसेवा आयोगले अझै विज्ञापन खुलाएको छैनन् । स्थानीय निकायदेखि प्रदेशसम्म मात्र करारका कर्मचारी खटाउन थालिएको विरोध गरिएको हो ।

विद्यार्थीहरुले अहिले केही बेरमै जनकपुरको बाह्रविघामा जम्मा भएर मधेश प्रदेश सरकार र मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

विद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने ? भने प्रश्न गरेका छन् ।

मधेश प्रदेशको लोकसेवा आयोगले अहिलेसम्म एउटा पनि परिपक्क विज्ञापन निकालेका छैनन् ।

२०७९ माघ २३, सोमबार ०६:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय