शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,जनकपुरधाम । मधेश प्रदेशमा लागु मुख्यमन्त्री स्वच्छता अभियान र जानकी मन्दिरमा लगाइएको मार्वलको गुणस्तर छानबिन गर्न मुख्यमन्त्री सरोज कुमार यादवले निर्देशन दिएका छन् ।

मधेश प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र सचिवहरु समेतको आइतबार बसेको संयुक्त बैठकमा मुख्यमन्त्री यादवले स्वच्छता अभियानमा रहेका योजनाहरुको छानबिन गरी अनियमिततामा संलग्न रहेका कर्मचारीहरुमाथि कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

शुभकामना

‘स्वच्छता अभियानमा भएको अनियमितताको छानबिन गर्न प्रमुख सचिवलाई समिति गठन गरी प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्रीज्यूले निर्देशन दिनु भएको छ ’बैठकमा सहभागी अर्थमन्त्री सञ्जय कुमार यादवले भने, दोषी देखिएका कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याइनेछ ।

प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले कार्यान्वयनको जिम्मेवारी कर्मचारीहरुले इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको मन्त्री यादवले बताए ।

मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालनमा आएको मुख्यमन्त्री स्वच्छता अभियान र बेटी पढाउ, बेटी बचाउ कार्यक्रम विवादास्पद बनेको थियो । स्वच्छता अभियान अन्तर्गतका अधिकांश कार्यक्रमहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ ।

साइकल खरिद प्रकरणमा अख्तियारले ठेकेदार र कर्मचारीहरु सहित १ दर्जनमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरणको क्रममा लगाइएको मार्वल कमसल रहेको देखिएकाले त्यसकोपनि छानबिन गर्न विशेषज्ञ मगाउने निर्देशन मुख्यमन्त्रीले दिएका छन् ।

जानकी मन्दिरमा लगाइएको मार्वलको गुणस्तर जाँचका लागि काठमाण्डुको पुल्चोकस्थित इञ्जिनियरिंग कलेजबाट विज्ञ झिकाएर जाँच गराउन प्रमुख सचिवलाई बैठकमै निर्देशन दिएको सहभागीहरुले जनाएका छन् ।

जानकी मन्दिरमा लगाइएको कमसल मार्वलले मन्दिरको सौन्दर्यमा नकारात्मक असर परेको बताइएको छ । लगाइएको मार्वल फुटेर मन्दिरको भित्री परिसर समेत कुरुप बनेको छ । मन्दिरको विद्युतीकरणमा भएको भ्रष्टाचारको छानबिनलाई अख्तियारले हाल मुल्तबीमा राखेको छ ।

२०७९ माघ २३, सोमबार ०६:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय