शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं, माघ २६ ।  नेकपा माओवादी केन्द्र पार्टीको नाम र चुनाव चिन्ह फेर्ने निष्कर्षमा पुगेको छ । अन्य कम्युनिष्ट शक्तिहरुसँग एकताका लागि सहज हुनेगरी नयाँ नाम राख्ने माओवादीको तयारी रहेको छ । माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अनुमोदन भएको थियो ।

स्थायी समितिमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘पार्टी एकता र संयुक्त मोर्चा’बारे भनिएको छ, ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने । तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

माओवादीले पछिल्लो समय नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०, डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा० र विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि वार्ता गरिरहेको छ ।

एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी गठनका लागि तयार रहेता पनि जसपा र नेसपा समाजवादी प्रकृतिको पार्टी गठन गर्नुपर्ने पक्षमा रहेका छन् ।

माओवादीले यी चारै दललाई समेट्दै नयाँ गठन गर्नेगरी साझा प्रकृतिको नाम जुराउने कोसिश गरिरहेको छ । एकता प्रयासमा रहेका पाँचै दलको लक्ष्य समाजवाद नै रहेकाले नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’ हुन सक्ने माओवादीका एक नेताले बताए ।

ती नेताले भने, ‘समाजवादी केन्द्र मात्रै भन्दा कम्युनिष्ट पृष्ठभूमिका पार्टीहरु एकतावद्ध हुन नसक्ने भएकाले दुवै पक्षको भावना र विचार कदर गर्न सक्ने नाम ‘नेकपा समाजवादी केन्द्र’ हुनसक्ने विषयमा छलफल भएको छ । सहमति जुटे यही नाम हुनसक्छ ।’

त्यसो त यो नामको बारेमा माओवादीभित्र यसअघि पनि छलफल भएकै हो । र, अन्य सबै साना शक्तिहरुलाई एकतावद्ध गर्न सकिन्छ भने नाममा कम्युनिष्ट भनेर अल्झिरहनुपर्ने कारण नहुने धेरैको मत रहँदै आएको छ ।

२०७९ माघ २६, बिहीबार १०:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय