काठमाडौं, फागुन १० गते । उमेर विवादमा परेका डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालयमा उनले राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको उक्त स्रोतले बताएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उमेरबारे उनीविरूद्ध उजुरी परेको थियो । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।
२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।
उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।
अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्।















