बारा, फागुन १६ गते । बारा प्रहरीले जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप गर्ने ७ महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको पथलैया अम्लेखगञ्ज सडकखण्ड अन्तरगत पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा दिउँसै यौनजन्य क्रियाकलाप गरिरहेको आरोपमा सातजना महिलालाई प्रहरीले पक्राउ गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार पक्राउ परेका महिलालाई मुद्दासमेत चलाइएको छ ।
प्रहरीले २० देखि ३५ वर्ष उमेर समूहका महिला यौनजन्य क्रियाकलाप गरिरहेको सूचनाका आधारमा उनीहरू पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको क्षेत्रीले बताए।















