चन्दन कुमार,फाल्गुन २० । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा न. ९ मा सञ्चालित श्री महालक्ष्मी आधारभुत विद्यालयको ४ कोठे भवन नगर प्रमुख डा मो राजीक आलम शिलान्यास गर्नु भएको छ ।
सो शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख डा . आलमले राजपुर न.पा.को बिकाशलाई अबरोध पार्नको लागि हैन गुणस्तरिय बिकाश गर्न गराउनको लागि बिरोध गर्न आग्रह गर्नु भयो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उक्त शिलान्यास कार्यक्रममा राजपुर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष शेख नसरुल हक, विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापक समितिका सदस्य, शिक्षक , विभिन्न दलका नेता कार्यकर्ता लगायत समाजसेविहरुको सहभागितामा शिलान्यास कार्यक्रम भब्यका साथ सम्पन्न भएको थियो ।
नगर प्रमुख डा. राजीक आलमले भवन निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमा सम्पन्न गर्नको लागि ठेकेदारलाई निर्देशन दिनु भएको छ।
बिकास निर्माण कार्यहरु मा स्थानिय समाजसेवीहरुको भुमिका अहम रहेकोले आ-आफ्नो ठाउँबाट बिकास निर्माण कार्यमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो।















