शिव मारुती ज्वेलर्स

सप्तरी, फाल्गुन २६ गते । सप्तरीको विभिन्न स्थानबाट विधुत चुहावट गर्ने ७ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा बिधुत प्राधिकरण सहित संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानहरुबाट बिधुत चुहावट गरेकाहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.३ तरहि बस्ने वर्ष ३६ को लक्ष्मि कुमार राय , सोहि ठाउका वर्ष ३८ को श्याम कुमार मुखिया, वर्ष ६० को श्रीप्रसाद साह , वर्ष २० सन्तोष कुमार मुखिया , बिष्णुपुर गाउपालिका वडा न. १ खुरुहुरीया बस्ने वर्ष २० का गणेश कुमार यादव , सोहि ठाउका बर्ष ६० का बिष्ण शर्मा र शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने वर्ष ५० का यदुनन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुभकामना

यता पक्राउ परेकाहरुबाट विघुत चुहावट ऐन अन्तर्गत जरिवाना लिइ छाडने नेपाल विघुत प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

२०७९ फाल्गुन २६, शुक्रबार १४:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय