काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। बुधबारदेखि डीडीसीले प्रतिलिटर ११ रुपैयाँ बढाएको हो। बढेको मूल्य भोलिदेखि लागू हुनेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुनेगरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानले जनाएको छ। डीडीसीको दूधको प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस्तै, सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि वद्धि हुने निर्णय डीडीसीले गरेको छ। संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।
गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो ।
त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरूले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरूले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।















