जनकपुरधाम,१ चैत्र । जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण” भएको छ।
नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा रू. ९ थप मूल्यभार बेहोर्नु पर्नेछ। सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरीब किसानहरूको बेवास्ता गरेको छ।’
उनले जनमत पार्टी नेपाल सरकारसँग किसानलाई साबिकमा दिइँदै आएको अनुदान बढाउन, पर्याप्त मलखाद खरीद गर्न बजेट बढाउन र समयमै मलखादको सुलभ उपलब्धता सुनिश्चित् गर्न आग्रहसमेत गरेका हुन ।
किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन समेत बाध्य हुने विज्ञप्तिमा उल्लेख गरेका छ्न।















