गणेश कुमार सिंह ,चैत्र २ गते । चेलीबेटी जिसक्याउने युवाहरू सवार भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।
हिजो बुधबारका दिन करिब ४-५ बजेको समयमा ००२ प ७४११ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जना व्यक्ति मध्ये एकजनाले बाटो हिड्दै गरेका चेलीबेटीहरुलाई हातले लुगा समात्न खोजेको फोटोहरु बाट प्रस्ट देखिएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

फोटो समाजिक संजालमा छयाप छयापी देखिएर चौतर्फ आलोचना हुन थालेपछि सम्बन्धित निकायले यस विषयलाई चासो लिएको र मोटरसाइकल नम्बर बाटै मोटरसाइकल नियन्त्रणमा लिन सकिएको बताए ।

यस्ता हर्कत बाट पुष्टि हुन्छ कि जनकपुरधाममा हाम्रो चेलीबेटीहरु कतिको सुरक्षित छ, छैन यसका साथै कानुनलाई खुलेयाम च्यालेन्ज गरेको देखिन्छ ।
बाटोमा हिडिरहेको चेलीबेटीलाई जिसक्याउने र लुगा च्यात्न खोजेको युवकहरु सवार भएको मोटरसाइकल नियन्त्रणमा लिई सकेको र युवाहरूलाई खोज तलास भई रहेको छ ।
युवाहरूलाई पक्राउ गरि कडा भन्दा कडा कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयले धनुषाले जानकारी दिएको छ ।
















