शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सप्तरी, चैत ७ गते । सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदेरबसाईन नगरपालिका ३ का ६५ वर्षीय फुल कुमार चौधरी थारु रहेका छन् ।

उनीसमेत ११ जनामाथि २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ । सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा चौधरीलाई ६ वर्ष कैद र एक लाख १९ हजार १८२ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । डाँकाको बेलादेखि उनी फरार रहेका थिए । शनिबार उनलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०७९ चैत्र ७, मंगलवार ०८:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय