शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

चन्दन कुमार महतो ,१५ गते ,राैतहट। रौतहटको यमुनामाई गाउपालिका वाड नम्बर ३ राजपुर तुलसी टोलमा करिब १५ घरधुरी दलित समुदायका घर भत्काएर पक्की घर बनाउन लागेको दुई वर्ष बितिसक्दा पनि घर निर्माण कार्य अलपत्रै छ ।

पक्की घर बनाउने भनेर झुपडी भत्काएर बस्तीका १५ वटा घरको जगा निमार्ण थालिएर अलपत्र छोडिएको छ । घर पुर्नरुले निर्माण नहुँदा गरिब समुदायका १५ परिवारजनका महिला, बालबालिकासहित ज्येष्ठ नागरिक खुला आकाशमुनि बस्न बाध्य बनेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गत वर्ष पुर्व गापा अध्यक्ष श्रीप्रसाद मुखियाले आफ्नाे पदकाे दुरुपयोग गर्दै आफ्नै भतिजाे पिन्टु मुखियालाई जनता आवास साझेदारी कार्यक्रम सञ्चालन गर्न लगाए । वर्षै बित्याे तर निमार्ण कार्य अझै अलपत्र छन् । निर्माण गर्न मुखियाले लाखाैं लाख रकम पचाए तर निर्माण अझै अधुरै छन्।

५० वर्षीया भुट्टा मुखिया भन्छन् ‘धेरै समस्या छ । गरीबको दुखमा मलहम लगाइदिने कोही छैनन् ।’

सोही ठाउँका ३८ वर्षीय महिला रिना कुमारीले वर्षौ बितिसक्दा पनि घर नबनेपछि घर उठाएको ठाउँमा झुपडी बनाएर त्रिपालले छाएर राख्दै जिविका ज्ञापन गर्न बाध्य बनेका छन्। त्रिपाल र टेन्टमा पानी परेको र हावाहुरी आएको बेला बिचल्ली हुने गरेको भुट्टा मुखियले दुःख पोखिए ।

पीडित हरूले भन्नु भयो–‘पानीले भिजेर मेरो बालबालिका बिरामी भएका छन् ।’–उहाँले पीडा सुनाउँदै थप्नु भयो–‘यो वर्षामा बाँचिदैन होला ।’

सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा गएको आर्थिक वर्षमा सायकरौको संख्यामा दलित परिवारलाई घर निर्माण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।

तर, उक्त कार्यक्रम प्रभावकारी बन्न नसक्दा घर निर्माणको कार्य अलपत्र परेको छ । अलपत्र बनेको घर नबन्नुको कारण समेत दलित समुदायले जानकारी पाएका छैनन् ।

केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारले सञ्चालन गरेको आयोजना भएकाले गाउपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै गा.पा.अध्यक्षले घर निर्माणको लागि प्रदेश सरकारसँग आग्रह गरिरहेको बताउनु भयो ।

यमुनामाई गाउपालिकाको दलित बस्तीमा पनि त्यस्तै समस्या छ । यमुनामाई गा.पा –३ स्थित दलित समुदायका लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण सुरू भएपनि सम्पन्न नहुँदा उनीहरू सानो झुपडी र त्रिपालको ओतमुनि बस्न बाध्य छन् । ठाउँ अभावले गाईवस्तु समेत उनीहरूसँगै राख्नुपर्ने अवस्था रहेको छैन् ।

‘खुल्ला आकाशमुनि दिनरात काट्दा बिरामी भएका हु भुट्टा मुखियाले त्रिपाल र परालको सहाराले बालबच्चा सहित जसोतसो ओत लागेका छौँ । म पनि बिरामी भइरहन्छु । यसपालीको वर्षा मा कालले लाने हो कि ?’

सरकारले नयाँ पक्की घर बनाइदिने भन्दै ओत लाग्ने छाप्रोको घर भत्काएर उठिबास गरेको झण्डै २ वर्ष भइसक्यो । त्यसै बेलादेखि घरविहीन बनेकी रिना कुमारीका छोरा,छोरी ६ जनाको परिवार खुल्ला आकाशमुनि दिनरात बस्न बाध्य छ ।

बिरेन्द्र मुखियाको श्रीमतीले भन्नु भयो–‘सुरुमा भएको खरको ओत लाग्ने झुपडी भत्काउँदा सरकारले केही दिनमै घर बनाइदिने भनेर अश्वासन दिएको थियो । तीन वर्ष बित्न लाग्यो पहिलो चरणमा जग हालेर १ वर्ष छाडे, अहिले दोस्रो वर्ष देवाल उठाएर छाडेका छन् । खोइ कहिले बन्ने हो कुन्नि ? मलाई पनि पक्की घर नदेखेर पनी कालले लान्छ जस्तो लाग्न थाल्यो ।’

रिना कुमारीको परिवारको पनि समस्या उस्तै छ । उहाँलगायत परिवारका ६ जना सदस्य खुल्ला अकाशमुनि त्रिपालको सहारामा घाम, पानी छल्दै आइरहेको छ ।
‘सुरुमा त पक्की घर बनाइदिने भनेर भएको खरको झुपडी भत्काउँदा खुसी थिएँ । केहि दिनमै हाम्रो पक्की घर बन्छ भन्नेमा विश्वस्त थिएँ । तर, दुई वर्ष पुग्न लाग्दा समेत घर बनेन् । हामीलाई सरकारले बेघर बनाइदियो । अहिले जाडोमा परिवारका सबैजना त्रिपालको ओत र भुँइमा परालको सहराले बसेका छौँ ।’–रिना कुमारीले भन्नु भयो–‘हामीलाई जनता आवासको नाममा सरकारले उठिबास गराइदियो । हाम्रो पीडा कसले बुझ्ने ?’

भुट्टा मुखिया र रिना कुमारीको परिवार त उदाहरण मात्र हुन् । सोही बस्तीमा दलित एवम् विपन्न १५ दलित परिवारको घर जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाउन सरकारले भत्काएको थियो ।

१५ घरपरिवार नै बेघर भएपछि यहाँको दलित समुदायले झण्डै २ वर्षदेखि घामपानी तथा जाडोमा कष्टकर जीवन व्यतित गरिरहेका छन् ।

लाखाैं रकम आम गरिब जनतासँग ठगी गरेपनि अझै निमार्ण भने अलपत्र अवस्थामा रहेको छ । निर्माण सम्पन्न हुन नसकेर पिडितहरु घर भएका बेघर बनेका छन्।

२०७९ चैत्र १५, बुधबार ०६:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय