शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम,चैत २१ गते। मालपोत कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने ५० वर्षीय राम विनोद साह रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय भुलिया देवीसँग जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ लिएका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साहलाई नगदसहित मालपोत कार्यालय धनुषाबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

२०७९ चैत्र २१, मंगलवार १५:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय