शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

 जनकपुरधाम जनकपुरधामस्थितबाट एक थुनुवा फरार भएका छन् । जनकपुरको एक अस्पतालमा उपचारको लागि लगिएका कर्तव्य ज्यान मुद्दाका एक थुनुवा अस्पतालबाटै भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको  कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव अस्पतालबाटै फरार भएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आरोपी यादवको खुट्टामा समस्या भएको भन्दै उनले उपचारको लागि अपिल गरेका थिए । यादवलाई उपचारकै लागि जनकपुरस्थित रहेको आर्या हस्पिटलमा लगिएकोमा फरार भएका हुन।

उपचारका लागि लगिएका यादव अस्पतालको शौचालय कक्षको झ्याल तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिएका छन्।

यादव फिल्मी शैलीमा अस्पतालको शौचालयबाट फरार भएका हुन् ।

२०७९ चैत्र २४, शुक्रबार १३:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय