शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सुरेन्द्र सिंह ,बर्दिबास। बर्दिबास नगरपालिकाका अधिकाँश वडामा रहेको इनारहरुमा पानी सुख्न थालेपछि स्थानीय बासिन्दाहरु समस्यामा परेका छन् ।

चैत-बैशाखको प्रचण्ड धूपले ईनारमा पानी सुकेपछि स्थानीय बासिन्दाहरु टाढा-टाढाबाट पानी ल्याउन बाध्य भएका छन् ।
बर्दिबास नगरपालिका वडा नं. ९ पशुपतिनगर र वडा नं. १३ बिजलपुरामा खाने पानी ट्यांकी निर्माण गरेपनि संचालन हुन् नसकेको स्थानीयहारुले दु:ख पोखेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पशुपतिनगरमा गत वर्षबाट मात्रै संचालनमा आएको खाने पानी ट्यांकी एक साल नबित्दै पानी आउन छाडेका छन् ।
स्थानीयवासीले पठक-पटक गुनासो गरेपनि वडा अध्यक्ष घुरन महतोले खासै चासो नदिएको बताए ।

यता विजलपुरामा धारा सुचारुको लागि सबै प्रक्रिया पुगेपनि जग्गा विवाद भएको हुनाली धारा संचालन हुन् नसकेको वडा नं. १३ का वडा अध्यक्ष लक्षमण सिंहले बताए ।

बर्दिबास नगरपालिकाका उप-मेयर तारा देवीले १-२ दिन भित्रै धारा संचालन हुने भनेर आस्वासन मात्रै दिदै आएको जनताले दु: ख पोखे । स्थानीयका अनुसार आफुहरुले आफ्नो गाउँ-ठाउँको विकाश गर्छ भनेर निर्धक्क भएर जिताए तर जिते पछि केहि काम नगरेको बताए ।
पशुपतिनगरमा हरेक चैत ,बैशाख र जेठमा ईनारमा पानी सुख्ने क्रम जारी रह्दा पनि सम्नधित निकाएले केही चासो नदेखिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

२०८० बैशाख ३, आईतवार १५:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय