जनकपुरधाम । लाखौँ रुपैयाँ नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । धनुषा प्रहरीले जनकपुरधामबाट महिलालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी महिलालाई सार्वजनिक गरेका छन् । उनको साथबाट ७ लाख ७१ हजार नक्कली नोट बरामद भएको हो ।
शुभकामना

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका वडा नं. ६ बेलापट्टिकी अनुकुमारी साह रहेकी छन् । उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।
जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुको झोला हेर्दा नक्कली नोट बरामद गरिएको हो ।














