शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम । मधेश प्रदेशस्थित आफ्नै ज्वाईलाई हत्याको प्रयास भएको घटना बाहिरिएको छ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो ।

गत चैत २२ गते सन्तोष बोलाएपछि सोनामा गाउँपालिका वडा नम्बर १ स्थित ससुराली घरमा पुगेका थिए । पुगेपछि उनलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा पर्ने घनश्याम ठाकुर लगायतले टाउकोमा ठोस् बस्तु प्रहार तथा घाँटी च्यापेर हत्या प्रयास गरेको उनकी दिदी रुवी झाले बताइन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषका दिदी रुवी झाले बताइन् ।

‘ससुरा पक्ष आफ्नो हिसाबले मारेर नै फालदिएका थिए । स्थानीयले देखेपछि हामीलाई खबर गर्यो । नत्र मरेपछि लास नै गायब गर्थे होला’ रुवीले भनिन् ‘उपचारको लागि ल्याएर सिटी स्क्यान गराउँदा टाउकोको खप्पर टुक्राटुक्रा भइसकेको थियो । धन्न डाक्रहरुले समयमै टाउकोको शल्यक्रिया गरी खप्प्पर जोडेर ज्यान जोगाए ।’

सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् । उनको दुबै हातखुट्टा चल्दैन ।

घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुईदिन पश्चात प्रहरीले पक्राउ परिसकेका छन् । घटनामा संलग्न सालो धर्मेन्द्र र ससुरा पर्ने घनश्याम फरार रहेको र खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सासु ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । सन्तोषका परिवारजनले घटनामा संलग्न चारजना माथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।

घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको सन्तोषले बताए । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै घटनामा संलग्न रहेकहरुमाथि कडा कारबाहीको माग सन्तोषले गरेका छन् ।

२०८० बैशाख १५, शुक्रबार ०७:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय