शिव मारुती ज्वेलर्स

सर्लाही ,बैशाख १५ गते । सर्लाहीको मलंगवामा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने आगलागी भएको हो ।

शुभकामना

कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएको प्रहरीले जनाएका छन् ।

आगलागीको घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आगलागीमा उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको हो ।

२०८० बैशाख १५, शुक्रबार ०७:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय