शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको भानुचोकमा आदि कवि भानुभक्त आचार्यकै सालिकको सिल्यानास गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेय् मनोज साहले कडा सुरक्षाबीच शनिबार शालिक शिलान्यास गरेका हुन् । उक्त कार्यको बिभिन्न पार्टि तथा विद्यार्थी, युवा संगठनहरुले आन्दोलनमा उत्रिदै बिरोध जनाएको छ । शिलान्यास कार्यक्रमको बिरुद्धमा जसपा,लोसपा ् जनमत पार्टीका नेताहरुले प्रर्दशन गरेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

साविकको भानुचोकमा रहेको भानुभक्तको शालिक २०६२÷०६३ को मधेश आन्दोलनको क्रममा हटाईएको थियो । सो चौकको नाम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो चौक हुने घोषणा गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिकाले पुनः आदि कवि भानुभक्तकै सालिकको सिल्यानास गर्न लागेपछि बिभिन्न दलका नेता तथा युवाहरु विरोधमा उत्रेका हुन् ।

बिरोधकै बिच मेयर मनोज साह कडा सुरक्षाका बिच सालिकको सिल्यानास गरेका छन । जनकपुरधाम उपमहानगरपालिकाले रमेश महतो चौकमा तत्कालीन भानु भक्तको नाममा रहेको भानु चौकलाई पुनः रमेश महतो चौक को सट्टा भानु चौक निर्माण गरी भानु भक्तको सालिक स्थापना गर्ने योजना छ । संयुक्त युवा विद्यार्थी मोर्चाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै रमेश महतो चौकमा पुनः भानुचोकको सालिक बनाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

लोकतान्त्रिक विद्यार्थी युवा संघका धनुषा जिल्ला अध्यक्ष प्रशान्त झा, समाजवादी युवा संघका अध्यक्ष दिपु कापड, लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कार्यवाहक अध्यक्ष त्रिदेव कुमार मिश्र, विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव, समाजवादी युनियन धनुषा अध्यक्ष बलिराम कापडले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गर्दै मधेश आन्दोलनको मर्म, भावना विपरीत रमेश महतो चौकलाई विस्थापित गर्ने कार्य भएमा हामी संर्घष गर्न बाध्य हुनेछौ ।’ यस प्रकारका कामलाइ अविलम्ब रोकी रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन संयुक्त युवा विद्यार्थी मोर्चाले माग गरेका छन्

२०८० बैशाख १६, शनिबार ०७:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय