शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,बैशाख १८ गते । जनकपुरको एक घरमा चोरी गर्ने क्रममा दुई चोर पक्राउ छन् । जनकपुरधाम उपमहानगरपालिका ९ साकेतनगर स्थित संकटमोचन मन्दिर पछाडि रहेको जितेन्द्र ठाकुरको घरमा चोरी गर्ने क्रममा दुई चोर पक्राउ परेका छन् । अन्य दुई चोर फरार भएका हुन् ।

घरबेटी घरमा नरहेको मौकाछोपी आइतबार मध्य राति मूल ढोकाको ताला फोडेर घरको दोश्रो तल्लामा चारजना चोर चढेका थिए । प्रहरीले घेरा हालेर पक्राउ गर्न खोजेपछि दुईजना फारर भएका छन् । दुईजनालाई भने पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

शुभकामना

पक्राउ गरेका दुबैजनामाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चोरी गर्न पुगेका घरमा मूलगेटमा ताल्चा लगाएर घरधनी बाहिर गएका छन् । सोही मौका छोपेर चोरहरु चोरी गर्न पुगको थिए ।

पक्राउ चोरहरु पेशेवर चोर रहेको प्रहरीको आशंका छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । पछिल्लो समय जनकपुरमा घरमा चोरीको घटना बढेको छ ।

२०८० बैशाख १८, सोमबार ०४:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय