शिव मारुती ज्वेलर्स

मनोज पासमान ,बैशाख १८ गते । धनुषाको सबैलामा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ ।

सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु र एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ

शुभकामना

आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् ।

प्रदेश २–०३–००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला १२ सिर्खाटोलका ७ वर्षिय बालक रियान्स दनुवारकोे घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन् ।

मृतक बालक र घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

टिपरका चालक भने फरार भएका छन् ।

२०८० बैशाख १८, सोमबार १४:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय