शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौँ, बैशाख १८ गते । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

सोमबार नेपाल आयल निगममा आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसनले हरेक १५÷१५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा भने एक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।

हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ ।

ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ ।

यसअघि पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो ।

अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ ।

२०८० बैशाख १८, सोमबार १६:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय