शिव मारुती ज्वेलर्स

कैलाली ,बैशाख २२ गते । कैलालीमा दुई वर्षदेखि श्रीमान वैदेशिक रोजगारीमा रहेका बेला महिलाले बच्चा जन्माएकी छिन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका-१ को रोरा खोलामा बिहीबार बिहान फालिएको अवस्थामा वेवारिसे भेटिएको नवजात शिशुलाई सोही स्थानकी महिलाले जन्माएको खुलेको हो ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार एक हप्ताअघि जन्मिएको शिशु वेवारिसे अवस्थामा भेटिएपछि लालरत्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो ।

शिशुको एनआईसीयुमा राखेर उपचार भइरहेको छ भने शिशुकी आमालाई भारततर्फ भाग्दै गरेको अवस्थामा कञ्चनपुरबाट नियन्त्रणमा लिइएको छ ।

ती महिला विवाहित भएको र श्रीमान २ वर्षदेखि साउदी अरबमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

२०८० बैशाख २२, शुक्रबार ०३:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय