शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही ,बैशाख २३ गते ।  नवलपुर–मलंगवा जोड्ने सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका अन्तर्गत हरैयामा भारतीय डिजे गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयामा शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय बीआर ३० ए २७२१ नम्बर प्लेटको गाडीले सोही दिशातर्फ पैदल जाँदै गरेका चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठालाई ठक्कर दिएको थियो ।

भारतीय डीजे गाडीको ठक्करबाट सख्त घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

तीव्र गतीमा हुइँकिएको गाडीले पैदल यात्रीसँगै ना ६५ प ४१६० नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीजेका गाडी संचालक कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०८० बैशाख २३, शनिबार ११:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय