शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , बैशाख २४ गते । सर्लाहीमा दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको डिजे बोकेको गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठा छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन्।

त्यसैगरी सर्लाहीकै हरिपुर्वा नगरपालिका–५ मा गएको बुधबार भारतीय बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाठ सख्त घाइते भएका वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ।

दुर्घटनामा घाइते हरिपुर्वा–८ का ६० वर्षीय रामउगर राय यादवको उपचारका क्रममा बर्दिवासको एक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०८० बैशाख २४, आईतवार ०९:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय