शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,बैशाख २८ गते । सर्लाहीमा एक भारतीय युवकको हत्या भएको अवस्थामा शव फेला परेके छ ।

शरीर र टाउको अलग भएको अवस्थामा भारत बिहार राज्य भारत सितामढि ग्रामपञ्चायत सोनबरसा –९ बस्ने सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलास राईका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुल भन्दा ५ सय मिटर पर झाडीमा बुधबार साँझ करिब ६ बजे टाउको फेला परेको खबर स्थानीयले दिएपछि प्रहरी टोलि पुगेको थियो ।

प्रहरी पुग्दा युवकको घाँटी पूर्णरुपमा छिनाएर टाउको र शरीर २०-२५ मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको हो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाइएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०८० बैशाख २८, बिहीबार ०४:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय