रोल्पा,२९ असोज । लेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मिलनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै सकारात्मक सन्देश दिएको बताएका छन ।
गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार अहिले सहकार्य गरिएको बताए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पुनले भने, ‘कुनै वेला लडाईँ प्रधान थियो, हामी दुई धु्रव जस्ता भएर लड्यौं, बीचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा गर्यौं, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ।’
गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बीच देशका सवै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको वताउँदै उनले देशभर २ सय ठाउँमा बागी उम्मेदवारी परेकोमा अहिले बागीको संख्या १० मा झरेको बताए ।
रोल्पा प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध बागी बनेका माआवादी नेता दीपेन्द्र पुन पछि हट्न सकारात्मक रहेको उनले बताए । ‘माओवादी केन्द्रले रोल्पा रुकुम हेरेर मात्र भएन देशका अन्य जिल्लामा कांग्रेसको सहयोगमा माओवादीले उम्मेदवारी दिएको पनि भुल्नु हुँदैन,’ नेता पुनले भने ।















