शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

ढल्केवर (धनुषा) : धनुषाको धनौजी गाउँपालिका–२ गौरदाहाका ८१ वर्षीय लगन महराको श्रम अझै बन्धकीमा छ। अशक्त श्रीमती र परिवारको पेट पाल्न उनी यतिको उमेरमा पनि बँधुवा मजदुरको रूपमा काम गरिरहेका छन्। उनी १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलमा हरूवाचरुवाको काम गर्दै आएका छन्।

हरूवाचरुवा गर्ने सर्तमा साहु जगदीशले ५ कठ्ठा जग्गा खेती गर्न दिएको लगन बताउँछन्। ‘मालिकले उब्जाएर खान जमिन दिएको छ। त्यसबापत उहाँले आफ्नो काम पनि लगाउँछन्। साहुले भनेको काम जसरी पनि गर्नुपर्छ,’ लगन भन्छन्, ‘त्यहाँ काम गरेबापत ज्यालामा साहुले ८ किलो धान दिन्छ। त्यसैले छाँक टार्नुपर्ने हाम्रो बाध्यता छ।’

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

भोको पेटले उमेर नदेख्ने उनी सुनाउँछन्। ‘उमेर त धेरै भयो नि। तर, पेटले मान्दैन के गर्नु ? काम गर्न आँट गर्नैपर्‍यो,’ दुःखेसो पोख्दै लगनले भने ‘साहुको काम गर्नुको अर्को कुनै विकल्प छैन। काम गर्न नगए बाँच्नै गाह्रो छ।’


‘तमसुक बनाएर ३ रुपैयाँ सैयकडाले कर्जा लिएको थिएँ। त्यै पैसा अहिले कति न कति भको छ। अब त्यो पैसा तिर्न निकै धौ धौ छ,’ लगन भन्छन्,


६ धुर जग्गामा लगनको घर छ। वर्षाको पानी छल्न छानोमा प्लास्टिक ओछ्याइएको छ। कान्छी श्रीमती लिएर बस्दै आएका छन् उनी। उनले कान्छीबाट जन्मिएका पाँच छोरीको विवाह गरिसकेका छन्। ‘जेठी तर्फमा एउटा छोरा छ। उनीहरूले हामीलाई कुनै वास्ता गर्दैनन्। हाम्रो बाँच्ने सहारा भनेको नै काम हो। आहारा भनेको साहुको धान हो,’ भावुक हुँदै लगनले भने, ‘हामी बूढाबूढीलाई हेरचाह गर्ने कोही छैनन्। काम गरुन्जेलसम्म मात्रै हो यो जीवन।’

लगनकी ७२ वर्षीया श्रीमती महावती अशक्त छिन्। उनी १० वर्षदेखि हिँड्डुल गर्न सकिरहेकी छैनन्। उनको उपचार गर्न लगनले ३ वर्षअघि गाउँकै मिथिलेश साहसँग एक लाख रुपैयाँ लिएका छन्। ‘तमसुक बनाएर ३ रुपैयाँ सैयकडाले कर्जा लिएको थिएँ। त्यै पैसा अहिले कति न कति भको छ। अब त्यो पैसा तिर्न निकै धौ धौ छ,’ लगन भन्छन्, ‘काम त मालिकमा गर्दैछु। ज्यालाको धानले पेट पाल्नु कि कर्जा तिर्नु ? ’

गौरदाहा टोलकै ५० वर्षीय विन्देश्वर महरा पनि बँधुवा मजदुरको रूपमा काम गर्छन्। उनी गाउँकै रामकुमार मण्डलमा पाँच वर्षदेखि हरूवाचरुवाको काम गर्दै आएका छन्। साहुले उनलाई पनि पाँच कठ्ठा जग्गा उब्जाउन दिएका छन्, हरूवाचरुवा गर्ने सर्तमा। साहुले हरूवाचरुवा कामबापत दिने ८ किलोको ज्याला धानले ९ जनाको परिवार धान्नुपर्ने विन्देश्वरलाई बाध्यता छ। ७ धुर जग्गामा उनको सानो घर छ। त्यसै घरमा उनको श्रीमती, ४ जना छोराबुहारी र ३ नातिनातिनी बसिरहेका छन्। विन्देश्वरको अवस्था पनि दैन्य छ। ‘८ किलो धानले बाँच्न निकै कठिनाइ छ। हाम्रो दिनानुदिन अवस्था जर्जर हुँदै गइरहेको छ,’ बिलौना गर्दै विन्देश्वरले दुःखेसो पोखे।

लगन र विन्देश्वर हरूवाचरुवामा गाउँका प्रतिनिधि पात्र मात्र हुन्। गौरदाहा टोलमा मात्रै झन्डै ७० घरपरिवार हरूवाचरुवा छन्। ती सबै परिवारको अवस्था अत्यन्तै पीडादायी छ। आर्थिक अभावमा चरम शोषणमा परेका छन्, उनीहरू। अधिकांशको जग्गा गाउँ ब्लक छ। मालपोतमा जग्गा उनीहरूको नाममा छ, हातमा लालपुर्जा छैन।

२०७९ आश्विन २९, शनिबार १०:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय