महोत्तरी , जेठ ०४ गते । लघुबित संस्था खारेजीको माग गर्दै बुधबार बर्दिवास नगरपालिका वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल प्रदर्शन गरेका छन्।
समाजवादी अर्थ तन्त्रको मजबुत गर,महिला हिंसा बन्द गर, महिला मार्न पर्दैन,बचत गरेको रकम फिर्ता गर लगायतका ५ सुत्रीय माग राख्दै हजारौंको संख्यामा सहभागी भई पीडित महिलाहरुले बिशाल पर्दशन गरेका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

लघुबित विरुद्धको संघर्ष समितिको जिल्ला अध्यक्ष सिलम यादवको अध्यक्षता तथा नेतृत्वमा कार्यक्रम सुरु भएको थियोे भने संघर्ष समितिको केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।अतिथिहरुमा मधेस प्रदेश अध्यक्ष युवराज रसाइली,मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ,
धनुषा जिल्ला अध्यक्ष मन्दीरा लामा,सिल्दुली अध्यक्ष दुर्गा माया सिरहा अध्यक्ष तथा मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा, केन्द्रिय सदस्य धनिक लाल चौधरी सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत जिल्ला सदस्य लिलम कामैत लगायत हजारौं पीडित महिलापुरुषको कार्यक्रममा उपस्थिति रहेको थियोे।
संघीय राजधानी काठमाडौंबाट सुरु गरेको लघुबित विरुद्धको आन्दोलन बिगत १५ महिना देखि निरन्तर जारी रहेका छन्।
नेपालको ७७ वटै जिल्लामा बिरोधको कार्यक्रम हुने गरेका छन्। बिगत केहि महिना देखि सिरहा सप्तरी धनुषा,महोत्तरी सर्लाही बारा,पर्सा,रौतहट,उदयपुर सिन्दुली लगायतका जिल्लाहरुमा निरन्तर बिरोध र तलाबन्दीको कार्यक्रम हुने गरेका छन्।
अब हाम्रो माग केहि महिना भित्र पुरा भएन भने चर्नबध आन्दोलन गर्ने निर्णय गरेका छन्।लघुबित कार्यालयमा तोडफोड कर्मचारीहरुलाई कुटपिट र दुर्ववहारको कार्यक्रमहरु गर्ने निर्णय गरेका छन्।खैरमारा बजारमा भरी बिरोधको विभिन्न नाराहरु घनकाउदै लघुबित खारेजीको माग गर्दै प्रदर्शन गरेको जिल्ला अध्यक्ष सिलम यादवले जनाए।
बिगत १५ महिना देखि निरन्तर भएको आन्दोलन र तालाबन्दीको कार्यक्रमले गर्दा मधेस प्रदेशबाट लखेटिदै लघुबित संस्थाहरुमा अन्तरीक दौड मचेका छन्।















