शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

चन्दन कुमार महतो, रौतहट ,जेठ ०६ गते । रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया पैलेसको सभाकक्षमा सम्पन्न भएको छ ।
माण्डवी नेपालको आयोजनामा सम्पन्न भएको यो तालिमको अन्तिम दिन गौरको बराहवा तालको झुलुङ्गे पुल नजिक दैविक प्रकोप मध्य आगलगी र बाढीको बेलामा कसरी आफु बच्ने र अरुलाई बचाउने तरिकाहरु सशस्त्र प्रहरीका जवानहरुले अभ्यास मुलक कार्यहरु गरि प्रदर्शन गरेका छन ।

सो अभ्यासको क्रममा गैस सिलेन्डरमा आगो लगदा कसरी निभाउने , गर्मिको बेलामा घर अर्थवा गोठमा आगो लग्दा के के समानको प्रयोग गरि कसरी आगो निभाउने भन्ने अभ्यास नै गरेर आगो प्रभावीत क्षेत्रका ब्यतिmहरुलाई जिवजान तथा धनमालको सुरक्षा हुने बिधिहरुलाई प्रदर्शन गरी जनतालाई हर्शित पारेका थिए ।
त्यहि क्रममा बाढीको बेलामा नदिनालामा बाटो बन्द भएको बेला , नदिको तेज बहावमा मान्छेहरुलाई बगाइ रहेको बेला, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका विधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास प्रदर्शन भएको थियो । खासगरी रौतहटमा रहेको लाल बकैयाले प्रभावित रहेका पालिकाहरु मध्ये गौर,इशनाथ,राजपुर,परोहा,कटहरिया,बौधीमाई,देवाही गोनाही,फतुवा बिजयपुर लगायतका नगरपालिकाहरुको ब्यतिmहरु तालिममा सहभागि भई त्यस्ता शिपहरु सिक्ने मौका पाएमा माण्डवी नेपाललाई नै धन्यवाद ज्ञापन गरेका हुन ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बिगतमा बाढी पूर्व सुचना यन्त्र बारा जिल्लाको निजगढमा जडान भइ सकेको र त्यो यन्त्रबाट जिल्लाका दक्षनी भेग तथा सदरमुकाम गौर लाई बाढी आउनुको ३ घण्टा अगाडी नै जिल्ला प्रशासन कार्यालय गौरमा जडान गरिएको साइरन घण्टी बज्ने र सोको ध्वनी एक किलोमिटरसम्म जाने मण्डवी नेपालका निर्देशक अन्जु झाले बताएकी छिन ।

सो तीन दिने तालिम सम्पन्न भएको र सशस्त्र प्रहरीद्धारा प्रदर्शन गरीएको बिभिन्न दैबिक प्रकोपबाट बचाव तथा उदार तरिकाहरुलाई जनचेतना मुलक कार्यहरु गरि रहेको बेला रौतहट जिल्ला प्रमुख धर्मेन्द्र कुमार मिश्राको प्रमुख अतिथ्यमा सम्पन भएको हो ।
सो कार्यक्रममा तीन दिने तालिमको सहभागीहरु ,सशस्त्र प्रहरी उपरिक्षक ,नेपाल प्रहरीका नायब उपरिक्षक सहित संचारकर्मीहरु र बिभिन्न सघसंस्था तथा राजनितीकर्मीहरुको उपस्थिती रहेको थियो ।

२०८० जेष्ठ ५, शुक्रबार ०४:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय