शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,जेठ ०६ गते । सामान्य भनाभनकाे विवादमा छिमेकीले छुरा प्रहार गर्दा रौतहटमा एकजनाकाे ज्यान गएकाे छ ।

गौर नगरपालिका वडा नं ७ सिसवा गाउँमा ३५ वर्षीय शेख कविरले छुरा प्रहार गर्दा छिमेकी ५० वर्षीय यार महदम खानकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएअनुसार शुक्रबार राति १० बजे दुवैबीच केही भनाभन हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पेट र मुटुमा गम्भीर चाेट लागेका खानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । स्थानीयले प्रहरीमा खबर गर्नासाथ प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर विन्देश्वर यादवले बताए ।

इन्सपेक्टर यादवका अनुसार हत्याका अभियुक्त मानसिक रोगी रहेकाे र उसको खोजी भइरहेको छ । मृतक खान नेकपा एसका समर्थक थिए । गौर नगरपालिकाको मेयर शम्भु साह प्रादेशिक अस्पताल गौर पुगेर मृतकको अबस्थाबारे बुझ्दै फरार अभियुक्तलाई तत्काल पक्राउ तथा घटनाको सत्यतथ्य छानबिन गर्न प्रशाशनसँग माग गरे । घटनास्थल जिल्ला प्रहरी कार्यालय गौरबाट ४ किलोमिटर टाढा छ।

२०८० जेष्ठ ६, शनिबार ०४:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय