झापा,जेठ ०७ गते । झापाको भद्रपुर विमानस्थलमा सेनेटरी प्याडमा ब्राउनसुगर लुकाएर लान खोज्ने अर्की युवती पक्राउ परेकी छन् । सेनेटरी प्याडभित्र ब्राउनसुगर राखेर पेन्टीभित्र लुकाएको अवस्थामा ती युवती पक्राउ परेकी हुन् ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौ नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् । शनिबार बिहान ११ः५ बजेको समयमा भद्रपुर विमानस्थलमा पक्राउ परेकी हुन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विमान सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरी टोलीले सुरक्षा चेकजाँच गर्ने क्रममा यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकी राईले लगाएको भित्री बस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी लैजान लागेको १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनको साथमा रहेको नागरिकता र रेडमी मोबाईलसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।
यसअघि गत वैशाख २१ गते राति प्याडमा ब्राउनसुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका १ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए ।
भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं जाने क्रममा उनीहरू पक्राउ परेका थिए । उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।















