शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल  ,जेठ २८ गते । सामाजिक अभियान युवा द्वारा गौशाला वडा १२ लाई  ध्यानाकर्षण पत्र बुझाएका छ ।गौशाला नगरपालिका वडा नं. १२ पुरानो कान्तिबजार  स्थित रहेको पोखरीको मुहार ,सार्वजनिक जग्गा ,हिन्दुहरुको आस्था रहेको ब्रहमस्थनलाई फोहर गर्नुको साथै अतिक्रमण गरिएको भन्दै त्यस्ता कार्यहरूलाई तुरुन्तै रोक्न ,अतिक्रमण जग्गा खाली गराई सार्वजनिक जग्गाको संरक्षण गरिदिनु हुन भनी युवा नागेन्द्र सत्या (नागेन्द्र ठाकुर ) ले गौशाला नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सामाजिक अभियानता युवा नागेन्द्र सत्याले दु:ख पोखेका छन् । सत्या अनुसार यस नगरपालिका भित्र भइरहेको गलत गतिविधिलाई हामी सबै मिलेर रोक्नु हो तर त्यस्तो भएको छैनन्  । नगर प्रमुख र उप-प्रमुख पदिय दायित्व भए पनि यस कर्तव्य प्रती चुकेको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस नगरपालिकाप्रती केन्द्रीत भएर पटक पटक ज्ञापन पत्रहरु बुझाउदै आए पनि नगरपालिका गम्मभिर नभएको बताएका छन् । यस भन्दा अघिलो सत्ता र अहिलेको सत्ता दुबैले जनअवाज नसुनेको भनी यस नगरपालिकामा केही परिवर्तन नभएको बताउंँदै आफू अत्यन्त दुखी भएको बताएका छन् ।

मैले बुझाएको सबै ज्ञापन पत्रहरु नगरपालिकाले  दराजमा बन्द गरेर राखेको समेत भनेका छन् ।गौशाला नगरपालिका भित्र सक्रिय रहेको राजनीतिक दलहरु पनि जनअवाज भदा पनि सवार्थ राजनीति गर्नमा व्यस्त भएको आरोप लगाएका छन् ।

२०८० जेष्ठ २८, आईतवार १६:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय