शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम,जेठ ३० गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका हुन् ।

यसअघि, प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान रहे पनि मुख्यमन्त्री यादवले त्यसलाई मतलब गरेका थिएनन् । ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयले मंगलबार अपरान्ह ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएका छन् । अधिकांश सांसद राजधानी जनकपुरबाहिर रहेकाले उनीहरूकै समयलाई अनुकूल मान्दै अपरान्ह ५ बजे बैठक बोलाइएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

एमाले सरकारबाट बाहिरिएको र समर्थनसमेत फिर्ता लिएकाले मुख्यमन्त्रीज्युले फेरि विश्वासको मत लिँदै हुनुहुन्छ,’ मुख्यमन्त्री यादवको दल जसपाका प्रवक्ता एवं प्रदेश सांसद मनिष सुमनले इकान्तिपुरसँग भने,‘सबै दलले विश्वासको मत दिनेछ भन्ने हाम्रो विश्वास हो ।’

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता बोलाएका माओवादी(केन्द्र)ले पनि विश्वासको मत दिने बताएको छ । माओवादीका प्रदेश सांसद युवराज भट्टराईका अनुसार मंगलबार अपरान्ह मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताए । ‘सरकारबाट मन्त्री मात्र फिर्ता बोलाएका हौं । समर्थन कायमै छ,’ उनले भने,‘त्यसैले मुख्यमन्त्रीलाई हाम्रो दल माओवादीले विश्वासको मत दिनेछ ।’ जसपाले विपक्षी दल एमालेले पनि विश्वासको मत दिने दाबी गरे पनि एमालेले भने निर्णय गर्न बाँकी छ ।

२०८० जेष्ठ ३०, मंगलवार ०८:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय