सर्लाही ,जेठ ३० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-९ मा भएको भारतीय नम्बरको स्कर्पियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बबरगञ्जबाट बयलबास आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३० प १२१२ नम्बरको जिपले ज.२ प.६४५२ नम्वरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका-२, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गम्भीर घाइते भएका उनलाई बयलवासमा सामान्य उपचार गराएर थप उपचारका लागि लालगढ अस्पताल धनुषा लगिएको थियो। तर त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए। उक्त गाडी चन्द्रनगर गाउँपालिकाका पूर्वअध्यक्ष तथा लोसपा नेता महेन्द्र महतोको गाडी भएको बुझिएको छ। दुर्घटना हुँदा उनी पनि गाडीमै सवार भएका प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनापछि उक्त जिप लिएर चालक फरार भएका थिए। तर प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।
मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बयलवास–बबरगञ्ज सडक अन्तर्गत खोरिया टोलमा अहिले चक्काजाम गरिरहेका छन्।















