फोकस नेपाल ,जेठ ३० गते । महिलाको हत्या गरी पोखरीको छेउमा खाल्डो गाड्ने फरार व्यक्ति पक्राउ परेका छन् । मिति २०८०।०२।२८ गते बेलुका अं.१७:०० बजेको समयमा जि.धनुषा, मिथिलाबिहारी न.पा.वडा नं. ८ तारापट्टी स्थित स्व: रामचन्द्र दासको घर पछाडीको अं २० मिटर दक्षिण पश्चिम स्थित पोखरीको छेउमा गाडिएको मृतक व्यक्तीको लास जंगली जनावरले खोस्रिएर देखिएको भन्ने सूचना प्राप्त भएको थियोे ।
प्राप्त सूचना अनुसार तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ.को कमाण्डमा टोली उक्त स्थानमा खटी गई हेर्दा सड्न लागेको अवस्थामा हात देखिएको र उक्त लाश पोखरीको दक्षिण पूर्व पट्टी पोखरीको पानीको सतह भन्दा १ फिट माथि जमिनमा ४ फिट जति गाडिएको अवस्थामा सड्न लागेको लाश उत्खनन् गरी सनाखत गराउँदा उक्त व्यक्ति स्व. रामचन्द्र दासको श्रीमति वर्ष अं. ४०/४२ कि उषा दास रहेको खुल्न आएको भएको छ । ( सनाखत निज मृतकको बुहारीले हातमा रहेको ट्याटु र कानमा लगाएको टपबाट गरेको छ) ।
शुभकामना

उक्त घटनाको अनुसन्धानका लागि तत्काल निज मृतकको छोरा वर्ष अं २० को सोनु दास र बुहारी वर्ष अं. १८ कि मञ्जु दासलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा घटना भएको मितिमा निज सोनु दास र बुहारी मञ्जु दास कमला न.पा.०३ लग्मा स्थित ससुराली घरमा गएको देखिएको र निज मृतकको घरमा समयसमयमा आउने जाने र बस्ने गर्दै आएको जि. बारा कलैया न.पा. १८ घर भई जनकपुर स्थित घर बनाउने मिस्त्रीको काम गर्ने गोकुल महतो धानुकको छोरा वर्ष अं २२ को ओमलाल मण्डलको संलग्नता रहेको हुन सक्ने आशंका देखिएको छ।
तत् पश्चात निजको सुक्ष्म रुपमा खोजलास गर्दा निज ओमलाल मण्डलको लोकेशन चितवनको हाकिम चोक स्थित देखिएको र तत्काल जिल्ला प्रहरी कार्यालय चितवनसँग सहकार्य गरी निज ओमलाल मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा निज ओमलाल मण्डल र मृतक उषा दासबीचमा अनैतिक सम्बन्ध रहेको र ओमलाललाई निज मृतकले पटक पटक बिबाह गर्न भनेको तर ओमलालले नमानी पटकपटक टाढा रहन खोज्दा पनि निजलाई महिलाले नै खोजेर जबरजस्ति घरमा ल्याउने गरेको भनी निजबाट खुलेको छ।
अनुसन्धानको क्रममा मिति २०८०।२।२५ गते बिहिबार राति अं. २३;०० बजेको समयमा निज ओमलाल मण्डल र निज मृतकबीचमा बिहेकै विषयमा विवाद उत्पन्न हुन गई ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ मृतक बाहिर निस्की भाग्न लाग्दा घाँटीमा समाती घाँटी थिचेर मारेको र त्यसपछि पोखरीको छेउमा लगि खाल्डो खनि मृतकको लाशलाई चाँडो सडाउनको लागि निजको कपडा समेत खोली नाङ्गै निज मृतकलाई खल्डोमा गाडी निजको कपडासमेत सोही पोखरीको अर्को छेउमा गाडी निज मृतक महिलाले प्रयोग गरेको मोबाईल समेत पोखरीमै फालेको भनि निजबाट खुल्न आएको छ।
निज मृतकको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा बरामद गरिएको, उक्त लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाई अन्य थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।














