महोत्तरी,जेठ ३१ गते । औरही नगरपालिकामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार औरही नगरपालिकाको सभाकक्षमा भएको एक दिने अभिमुखि कार्यक्रममा नगरपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीका कर्मचारीहरुले नगरपालिका भित्र देखापरेमा दादुराका विरामीहरुलाई खोप लगाउन तथा खोजी कार्य अगाडी बढाई दादुरा मुक्त औरही नगरपालिका बनाउन कार्यमा लाग्न आवश्यक भएको बताए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अभिमुखि कार्यक्रमका प्रमुख अथिति औरही नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार खड्का र विशिष्ट अतिथि नगर उपप्रमुख रेणु झाले समाजमा दादुरा रोग सम्बन्धि जनचेतना बढाई रोगलाई जरै देखी समाप्त पार्न अगाडी बढ्ने बताए ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ संयोजक चन्द्रभुसन ठाकुरले यसै महिनाको ४ गते देखी ८ गतेसम्म ६ महिना देखी १५ महिना मुनिका बालवालिकालाई सम्बन्धित बिधालयमा गएर दादुरा सम्बन्धि खोप लागाउने र त्यहि बिधालयमा बिधालय भन्दा बाहिर रहेका बालबालिकालाई बोलाएर दादुराको खोप लगाउन अनुरोध समेत गरिएको छ।
दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। एकजना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जानकारी स्वास्थ्य संयोजक ठाकुर जानकारी दिए ।
सो कार्यक्रममा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका प्रअ, शिक्षक, शिक्षिकाहरुसंग वालबालिकाको सम्पर्क रहेको कारण सम्पूर्ण विद्यालयका प्रअहरुलाई बोलाई दादुरा रोग सम्बन्धि एक दिने अभिमुखि कार्यक्रम गराएको स्वास्थ्य संयोजक ठाकुरले बताए ।
त्यसैगरी गौशाला नगरपालिकामा दादुरा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखि कार्यक्रममा गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोले प्रदेश, केन्द्रले बजेट नदिए पनि स्थानीय सरकार आफैले बजेट व्यवस्थापन गरी समाजमा दादुरा रोग सम्बन्धि जनचेतना बढाई रोगलाई जरै देखी समाप्त पार्न अगाडी बढ्ने बताए ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख पुजा यादवले यसै महिनाको ४ गते देखी ८ गतेसम्म ६ महिना देखी १५ महिना मुनिका बालवालिकालाई सम्बन्धित विद्यालयका खोपकेन्द्रमा गई दादुरा सम्बन्धि खोप तथा भिटामिन ‘ए’ ट्याबलेट खुवाउन अनुरोध गरेकीछिन् साथै हाललाई नगरपालिकाको वडा नं. २, ३ र ५ मा खोप फाल्गुन ५ देखी ९ गते देखी संचालन भई सकेकोले यी तिन वटा वडामा खोप आवश्यक नरहेको यादवले बताईन् तर त्यस समयमा कोही वालबालिकालाई खोप लगाउन छुटेको भए गौशालाको प्रा.स्वा.केन्द्रमा गई खोप लगाउन जानकारी दिईन । दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ।
एकजना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जानकारी दिईन ।सो कार्यक्रममा न.पा. भित्र रहेका सामुदायिक विद्यालयहरुका प्र.अ.शिक्षक, शिक्षिकाहरुसंग वालबालिकाको सम्पर्क रहेको कारण सम्पूर्ण विद्यालयका प्र.अ.हरुलाई बोलाई दादुरा रोग सम्बन्धि एक दिने अभिमुखि कार्यक्रम गराएको स्वास्थ्य संयोजक मनोज कुमार यादवले बताए । कार्यक्रममा जेष्ठनागरिक, संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।















