शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगंज, पर्सा ।मधेस प्रदेश कै सब भन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको नारायणी क्षेत्रीय अस्पतालमा आज एक कार्यक्रमका वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम द्वारा सर्वसाधारण व्यक्तिहरुका लागि स्वच्छ खानेपानीको लागि खानेपानी को मेसिन को उद्घाटन गरेका छन।

नारायणी अस्पतालमा स्वच्छ खाने पानीको अभाव धेरै दिन देखि बढै गएको हुदा आम जनतालाई समस्या बढ्दै गएको थियो। उप-मेयर आलम द्वारा जडान गरिएको खाने पानीको मेसिन आधुनिक किसिमको रहेको छ। उक्त खानेपानी मेसिनबाट चिसो तथा तातो पानी उपलब्ध हुने छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उक्त मेसिन बिरामीहरु लाई धेरै राहत पुग्ने उप-मेयरले बताए। अहिले खाने पानी नपाएर बिरामीहरु को आफन्तले रु २५ मा बोटलको पानी किनेर खानु परेको थियो आधुनिक मेसिन जडान भए पछि समस्या समाधान भएको नारायणी अस्पतालमा उपचार गराइ रहेका बिरामीहरु को आफन्तले बताए।

उप-मेयर आलमले आउने दिनमा पनि नारायणी क्षेत्रीय अस्पताललाई मधेस प्रदेश कै नमुना अस्पतालको रुपमा विकास गर्दै लैजाने बताए।उक्त कार्यक्रममा बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल , नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,उप-मेयरका स्वकीय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता लगायत सर्वसाधारण को उपस्तिथि रहेको थियो।

२०८० असार १२, मंगलवार ०९:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय